२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा स्थायी समिति बैठक

एजेण्डा नबन्दा सदस्य रन्किए : “नयाँ एजेण्डा तय, ओली थन्किए”

एमसीसी पछील्लाे प्राथमिकतामा

बुधवार , आषाढ १०, २०७७

 


काठमाडौं, असार । आजदेखि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को स्थायी समितिको बैठक बस्यो । करिव सात महिनापछि बसेको यो बैठकमा सदस्यहरुले सुरुमा नै एजेण्डाका बारेमा प्रश्न उठाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँचबुँदे एजेण्डा प्रस्तुत गरेका थिए ।
सो एजेण्डामै स्थायी कमिटीका सदस्यले आपत्ति जनाएका थिए ।
बैठक बोलाउँदैखेरि स्थायी कमिटीका सदस्यह?लाई यी एजेण्डामाथि छलफल गरिनेछ भनेर पहिल्यै सूची पठाउनुपर्ने नेकपाको प्रचलन भए पनि आज त्यो थिएन ।
एजेण्डा तय गर्न पहिले सचिवालयको बैठक बस्ने र त्यसले तयार पारेका एजेण्डाहरु स्थायी कमिटीमा प्रस्तुत गर्नुपर्नेमा सचिवालयको बैठक नै नबसी महासचिवले बैठकमा एजेण्डा सुनाएपछि सदस्यले बिरोध जनाएका थिए ।
बुधबार बिहान बिना एजेण्डा स्थायी कमिटीका नेताहरुलाई बालुवाटार बोलाइएको थियो ।

तर, स्थायी कमिटी सदस्यहरुले महासचिवबाट प्रस्तुत एजेण्डामा आपत्ति जनाए । सरकार र पार्टीको कामबारे समीक्षालाई प्राथमिकतामा नराखेको भन्दै नेताले विरोध जनाए ।
बैठकम सदस्यहरु भीम रावल, अष्ट्रलक्ष्मी शाक्य, लिलामणि पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतका नेताले सरकारले गरेका काम कारबाही बारे स्थायी कमिटीमा समीक्षा गर्नुपर्ने बिषय उठाएका थिए । प्रधानमन्त्री ओलीले भने सरकारका कामका बारे बिरोध आउने जानेर एजेण्डा प्राथमिकतामा नै राखेनन ।
‘पार्टी विधि पद्दतिअनुसार चलेको छैन, यसको समीक्षा गर्नुपर्छ भनेर नेताले धारणा राखेको एक सदस्यले बताए । उनले भने, ‘त्यसपछि बैठकको एजेण्डा पुनर्लेखन भयो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार