२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजवादी पार्टीले भन्यो

"नागरिकता विधेयक विभेदकारी भयो, सच्याऔँ"

असार १६ मा देशभर विरोध प्रदर्शन गर्दै

बुधवार , आषाढ १०, २०७७

 


कठमाडौँ, असार । जनता समाजवादी पार्टी (जसपां) ले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशभर प्रदर्शन गर्ने भएको छ ।
राज्य ब्यवस्था तथा सुशासन समितिले पास गरी प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय ब्यवस्था विभेदकारी भएको जनता समाजबादी पार्टीको ठहर छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादवद्धारा पे्रषित बिज्ञप्तिमा भानएको छ, असार १६ गते जिल््ला सदरमुकाम र मुख्य सहरमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको छ ।
पार्टी कार्यालयका मुख्य सचिव प्रकाश अधिकारीले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले अंगीकृत नागरिकता पाउन कम्तीमा निरन्तर सात वर्षसम्म नेपाल बस्नुपर्ने ब्यवस्था उपयुक्त नभएको र उसलाई सच्याउनुपर्ने डेमोखबरलाई बताएका छन ।
संविधानको मूल्य मान्यता र मर्म तथा प्राकृतिक न्यायको सिद्धान्त विपरीत रहेको संशोधन प्रस्तावले महिला अधिकारको हनन भएको जनाइएको छ ।
जनता समाजवादी पार्टीले नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता त्यागेको प्रमाणको आधारमा अंगीकृत नागरिकता दिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार