२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संविधान संशोधन विधेयक

संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि पारित, नयाँ निशान छाप राष्ट्रपतिबाट प्रमाणित

सबै सदस्यले संशोधनको पक्षमा मतदान

बिहिवार , आषाढ ४, २०७७

काठमाडौं,  असार । संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि बिहीबार सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । 

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् । बैठकमा उपस्थित ५७ जना सांसदले नै विधेयकको पक्षमा मतदान गरे ।

विधेयक पारित गर्न राष्ट्रिय सभामा तत्काल कायम रहेको पूर्ण सदस्यको दुईतिहाइ आवश्यक पर्छ । बिहीबारको बैठकमा एक सांसद अनुपस्थित थिए । राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद भने रिक्त छ ।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले ७ जेठमा नयाँ नक्सा सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छापलाई परिमार्जन गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो ।

३१ जेठमा प्रतिनिधिसभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । राष्ट्रिय सभाबाट पारित भएसँगै बिहीबार नै राष्ट्रपतिबाट पनि प्रमाणीकरण भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार