२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

जनता समाजबादीले भन्यो

सरकारकाे असफलताविरुद्ध जनप्रदर्शन : “जनताका आवाजलाई सम्वोधन गर”

‘ओली सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल भयो’

शुक्रवार , जेठ ३०, २०७७



काठमाडौ, जेठ । जनता समाजबादी पार्टीले के.पी. शर्मा ओली नेतृत्वको सरकारले कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको जनाएको छ ।
सो पार्टीद्धारा आज जारी बिज्ञप्तिमा भनिएको छ, मुलुकमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, उद्योगलगायत आर्थिक क्षेत्रमा चरम भ्रष्ट्राचार, संकट र अनियमितमा बढ्दै गएको छ ।
ओली सरकारका असफलताविरुद्ध व्यापक जनप्रदर्शन भईरहेका छन । सरकारले जनताका आवाजलाई सम्वोधन गर्नुको सट्टा हेपाहा प्रवृति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा सो कार्यको घोर भत्सर्ना गर्दै यस्ता दमनात्मक कार्यलाई बन्द गरी जनताका न्यायोजित आवाजलाई तुरुन्त सम्बोधन गरिनु पर्दछ, भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार