२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेस संसदीय दलको बैठक स्थगित

बिहिवार , जेठ २९, २०७७

 काठमाडौँ, जेठ ।  नेपाली कांग्रेसले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ । 

कांग्रेस संसदीय दलले बिहीबार साँझ एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको जनाएको छ । 

सूचनामा ‘विशेष कारणवश’ बैठक स्थगित गरिएको जनाएको छ । विशेष कारण के भन्नेबारे भने खुलाइएको छैन । 

‘अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार