२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कांग्रेस

नेपाली काँग्रेसको प्रतिनिधमण्डलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्ने

तत्काल चाल्नुपर्ने कदमका लागि ध्यानाकर्षण गराउने

मंगलवार , जेठ २७, २०७७

काठमाडौँ, जेठ  ।  नेपाली काँग्रेसको प्रतिनिधमण्डलले बुधबार प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्ने भएको छ ।

 

जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन नेपाल सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि नेपाल सरकारका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछ ।

पार्टीका तर्फबाट नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार बिहान विहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार जाने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार