२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभा  बैठक

संविधान संशोधन विधेयक : "संसदमा अाज छलफल हुँदै"

नेपालको अध्यावधिक नक्सासम्बन्धी छलफल हुने

सोमवार , जेठ २६, २०७७

काठमाडौं, जेठ  । प्रतिनिधि सभा अाजकाे  बैठकमा  संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुँदैछ । बैठकमा  नेपालको अध्यावधिक नक्सासम्बन्धी छलफल हुने बताइएकाे छ ।

संसद सचिवालयले सार्वजनिक गरेको अाजकाे  कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ लाई सैद्धान्तिक छलफलका लागि पेश गर्ने उल्लेख छ ।

कानुनमन्त्री तुम्बाहाङफेले लिम्पियाधुरा, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी ल्याएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन् ।

संसदमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुन्छ । त्यसपछि सभामा विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनेछ ।

सैद्धान्तिक छलफल सकिएपछि सांसदहरुलाई ७२ घण्टाको समय दिएर संशोधन हाल्न दिने व्यवस्था छ । यो नियमावलीकोे व्यवस्थालाई घटाएर २४ घण्टा वा सो भन्दा कममा ल्याउने तयारी छ । यसबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल जनाइएको छ । जहाँ सबै दलको प्रतिनिधित्व रहन्छ ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार