२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक आज

बैठक रणनीति : “सीमाका बिषयमा भारतसँग प्रस्तुत हुने एजेन्डा बन्ने संभावना ”

एमसीसी : सहमति नहुने निश्चित, स्थायी समिति पठाइँदै

सोमवार , जेठ २६, २०७७

 

काठमाडौं, जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज साँझ बालुवाटारमा बस्दैछ । आज बस्ने सचिवालय बैठकमा संसदमा दर्ता एमसीसी, कोरोना भाइरस नियन्त्रणमा सरकारले गरेको कामको अवसथाको मूल्याङकन तथा कालापानी सीमा बिबादमा नेपालको रणनीति कस्तो हुने भन्ने बिषय नै छलफलको एजेण्डा रहेको बताइएको छ ।
नेकपा स्रोतका अनुसार एमसीसीबारे भने सचिवालय बैठकमा सहमति नजुट्ने तर यसलाई स्थायी समिति बैठकमा लाने भन्ने रणनीति रहेको जनाइएको छ ।
कोरोना भाइरस नियन्त्रणमा सरकारले गरेको कामको अवस्थाबारे भने सरकार काममा चुकेको, ब्यवस्थापन गर्न नसकेको भन्ने नै मूल्याङकन रहेको छ ।
बिशेष गरेर कालापानी सीमा बिबादमा भने कस्तो रणनीति बनाउने र भारतसँग प्रस्तुत कसरी हुने भन्ने बिषयमा पार्टीमा छलफलमा नल्याएको गुनासोमा कसरी लैजाने भन्ने रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार