२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

केन्द्रीय कार्यसमितिको बैठक बस्दै

कांग्रेस बैठक : 'कोरोना संक्रमणलगायतका विषयमा छलफल हुने '

बैठक: पार्टी केन्द्रीय कार्यालय सानेपा, दिउँसो २ बजे

सोमवार , जेठ २६, २०७७

 काठमाडौं, जेठ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

बैठकमा कोरोना भाइरस संक्रमणलगायतका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भनेर कांग्रेसले सरकारको आलोचना गर्दै आएको छ ।

बैठकमा समसामयीक राजनीतिबारे पनि छलफल हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार