२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बनेन लकडाउन मोडालिटी

सीसीएमसी र समितिका आ आफ्नै प्रंस्ताव : 'खुकुलो बनाउँदा संक्रमण अझै बढ्छ'

सीसीएमसी प्रस्ताव : 'असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने'

शनिवार , जेठ २४, २०७७

काठमाडौँ, जेठ । सरकारले लकडाउन खुकुलो गर्ला र आफ्नो ब्यापार ब्यवसायमा फर्कौला भनेर बसेका आम नेपालीको आशामा तुषारापात लाग्ने देखिएको छ । करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा बसेको छलफलले कस्तो र कसरी खुकुलो बनाउने भन्ने पक्षमा कुनै निष्कर्ष दिन सकेन ।
यसै बिषयमा लिएर सरकार अलमलमा परेको छ । कोभिड –१९ उच्चस्तरीय समितिको छलफलले यसको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिश गरेको ‘मोडल’ मान्य भएन । सीसीएमसीले अघि सारेको प्रस्ताव परम्परमा बाझिने भयो भनेर यसले मान्यता पाएन । त्यसपछि लकडाउन कहिलेबाट खुकुलो हुन्छ भन्ने अलमल अझ बढेको हो ।
उच्चस्तरीय समितिको शनिबार अबेर गरी बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम ‘एक्टिभ केस’ भएका जिल्लामा आज (जेठ २५) देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरे । त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव राखे ।
असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थासमेत खोल्ने पोखरेलको प्रस्ताव छ ।
पोखरेलको प्रस्तावबारे छलफल भए पनि शनिबार कुनै निर्णय हुनसकेन । समितिमा एक सदस्यका अनुसार उच्चस्तरीय समितिमा ‘गोप्य’ भन्दै मन्त्रीहरुलाई दिइएको योजनाबारे सदस्यहरुले मौखिक सुझाव दिएका छन । आज (आइतबार) सम्म लिखित रुपमा सुझाव दिन भनिएको छ ।
सरकारले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेका बेला एकातर्फ पसल र व्यवसायहरु खुल्न थालेका छन भने अर्कातिर कोरोना संक्रमण ह्वात्तै बढिरहेको छ । शनिबार एकैदिन ३२३ संक्रमित थपिए । कुल संक्रमितको संख्या ३ हजार २ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
सीसीएमसीको प्रस्तावमा के छ ?
उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी तयार पार्न नसकिरहेकै बेला नेपाली सेनासमेत सहभागी रहेको सीसीएमसीले भने असारको सुरुवाती दुई साता लकडाउन खुकुलो बनाउन नहुने प्रस्ताव तयार पारेको छ ।
बन्दाबन्दी खुकुलो बनाउँदा कोरोना संक्रमण अझै बढ्ने र जनमानसमा त्रासको वातावरण बन्ने उसको निष्कर्ष छ । उसले भनेको छ, ‘बढ्दो संक्रमण र समुदायस्तरमा समेत संक्रमण फैलिएकाले खुकुलो डाउनमा जाँदा कुनै पनि बेला भयावह स्थिति सिर्जना हुनसक्छ ।’
सीसीएमसीको मस्यौदामा भने लकडाउन खुकुलो गर्ने पाँच तह तय गरेको छ । जेठ ३२ सम्म कायम रहेको बन्दीबन्दी सकिएको दुई सातासम्म पहिलो चरण लागू गर्ने उसको प्रस्ताव छ । यो चरणमा सुरक्षा उपाय अपनाएर आन्तरिक सवारी उडान आंशिक रुपमा खोल्न सकिने उल्लेख छ । यसबाहेक अरु बन्दाबन्दी अहिलेकै स्वरुपको लागू हुनेछ ।
सीसीएमसीको प्रस्ताव अनुसार, असार तेस्रो र चौथो साता दोस्रो चरण मानेको छ । यस चरणमा लकडाउन केही खुकुलो हुनेछ । यो चरणमा जिम, मर्निङ वाक, सरकारी तथा निजी कार्यालय, साना तथा घरेलु उद्योग, वाहृय उडान आंशिक रुपमा खुला गर्न सकिनेछ ।

सार्वजनिक यातायात तेस्रो चरणमा मात्र खुल्ने प्रस्ताव छ । यो चरणमा ५० प्रतिशत यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने, विद्यालयहरुमा भर्ना प्रक्रिया सुरु गर्न दिने र होम डेलिभरी गर्ने गरी होटल रेष्टुँरा खोल्ने दिन सकिने प्रस्ताव छ ।

उच्चस्तरीय समिति  के भन्छ  ?
ईश्वर पोखरेलको नेतृत्वमा समितिले तयार पारेको प्रस्तावमा भने जेठ २५ देखि नै लकडाउन खुकुलो पार्ने, जिल्लाभित्र आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आधा यात्रु राखेर हवाइ उडान सञ्चालन गर्ने अनि असार १७ देखि शैक्षिक संस्थाहरु खेल्न मिल्न सकिने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार