२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद बैठक

रुकुम घटना : "छानबिन गर्न संसदीय विशेष समिति बन्याे"

दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने

शुक्रवार , जेठ २३, २०७७

काठमाडौं, जेठ।  रुकुममा भएकाे घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन  भएकाे छ । संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन भएकाे  घोषणा गरेका हुन् ।

दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले बताएका छन् । १० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

गाउँलेले कुटपिट गरी भेरी नदीमा फालेको पीडित पक्षको दाबी छ । नवराजसँगै गएका केही युवाले भने नदीमा हाम फालेर ज्यान जोगाएका थिए ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो ।

शुक्रबारको बैठक सुरु हुनासाथ सचेतक पुष्पा भुसालले संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने बताएकी थिइन् । लगत्तै सभामुख सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार