२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संघीयता खारेजीको माग : संविधान संशोधन विधेयक दर्ता

बुधवार , जेठ २१, २०७७

काठमाडौं, जेठ । संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक राष्ट्रिय जनमोर्चाले  प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको छ । प्रादेशिक संरचना र संघीयतासँग सम्बन्धित रहेका संविधानको ९२ ठाउँमा संशोधन माग गर्दै जनमोर्चाकी सांसद दुर्गा पौडेलले बुधबार गैरसरकारी विधेयक दर्ता गरेकी छन् । 

स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको  जनाइएकाे छ । स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने भन्ने हो ।

संघीयतासम्बन्धी व्यवस्था रहेका ९२ ठाउँमा संशोधन प्रस्ताव गरिएको छ जनाइएकाे छ ।  यसअघि राजपा नेपाल र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन विधेयक दर्ता गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार