२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना भाइरसको प्रकोप

लकडाउन : "मोडालिटीबारे छलफल गर्न विज्ञ बोलाए प्रधानमन्त्रीले "

अपरान्ह ४ः ०० बजे प्रधानमन्त्री निवास बाुलवाटारमा

मंगलवार , जेठ २०, २०७७

काठमाडौं, जेठ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीका बारेमा विज्ञहरुसँग छलफल गर्ने भएका छन् ।

कोरोनाको संक्रमण बढीरहेका बेला लकडाउनलाई निरन्तरता दिँदा सर्वत्र असर परेको भन्दै सरकारको आलोचना हुन थालेपछि यसको विकल्पका बारेमा आर्थिक, सामाजिक, स्वास्थ्यलगायत क्षेत्रका विज्ञहरुसँग छलफल गर्न लागिएको हो ।

अपरान्ह चार बजे प्रधानमन्त्री निवास बाुलवाटारमा बोलाइएको बैठकमा जेठ ३२ सम्म कायम रहेको लकडाउनलाई प्रभावकारी बनाउँदै जनजीवन सहज बनाउने बारेमा छलफल हुने बताइएको छ ।

यसअघि पटक–पटक भएका छलफलमा अर्थतन्त्र धराशायी भएको भन्दै लकडाउन खुकुलो पार्ने विषयमा छलफल भएपनि निर्णय हुन सकेको छैन ।

लकडाउनका कारण दैनिक जिवनयापनमै समस्या भएको भन्दै मकवानपुर, वीरगञ्ज, सुर्खेत लगायतका जिल्लामा आजदेखि व्यवसाय संचालन गर्ने बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार