२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसदीय समिति बैठक

सरकारलाइ निर्देशन : "क्वारेन्टिनकाे सञ्चालन मापदण्ड अनुसार गर"

'खाने, बस्ने र आधारभूत स्वास्थ्यमा कमी देखिए'

मंगलवार , जेठ २०, २०७७

काठमाडौं,  जेठ । सरकार तथा स्थानीयस्तर  सञ्चालनमा रहेका  विभिन्न भागका अधिकांश क्वारेन्टिनको अवस्था भद्रगोल रहेका  छन । क्वारेन्टिनमा मापदण्ड अनुसार खाने, बस्ने र आधारभूत स्वास्थ्यमा कमी देखिएको भन्दै समितिले तीनै तहका सरकार मिलेर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

विभिन्न क्वरेन्टिनको अवलोकनमा आफू नै पुगेको भन्दै समिति सभापति कृष्णभक्त पोखरेलले  सञ्चारकमीर्माँझ भने , ‘मैले पुगेर अवलोकन गरेका कुनै पनि क्वारेन्टिनमा मापदण्ड पुगेको छैन ।’

समितिले यसअघि पनि क्वरोन्टाइनको सही व्यवस्थापन गर्न, पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न र स्वास्थ्य सामग्रीको उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

‘समितिका तर्फबाट दुई पटक निर्देशन दिइसकेका छौं, कोरोना परीक्षण र क्वारेन्टिन व्यवस्थापनका सन्दर्भमा । यसपटक थप निर्देशन विगतको निर्देश्न कार्यान्वयनका लागि पनि हो’ सभापति पोखरेलले भने ।

समिति बैठकमा सांसदहरुले क्वारेन्टिनमा रहेकाहरुको मृत्यु हुन थालेको, मृत्यु भएपछि मात्र कोरोना परीक्षणका लागि स्वाब लिने गरिएको बताएका थिए ।नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले भने, ‘क्वारेन्टिनमा रहेकाहरुको मृत्यु भएपछि स्वाब लिन थालियो के गर्ने सभापतिज्यू ?’

समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले सीमा क्षेत्रमा रहेका क्वारेन्टिनको अवस्था भद्रगोल रहेको बताएका थिए । क्वारेन्टिनबाट नै कोरोना सर्ने खतरा रहेको भन्दै उनले यस विषयमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार