२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस संसदीय दल बैठक

कांग्रेसको निश्कर्ष : "बजेटले जनताको जीवन रक्षा गर्न सक्दैन"

अहिले नागरिकको जीवन रक्षा प्रमुख कुरा भएपनि सरकार गम्भीर देखिएन

शुक्रवार , जेठ १६, २०७७

काठमाडौं, जेठ । कोरोनाबाट प्रभावित जनताको बजेटले जीवन रक्षा गर्न नसक्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  बताएको छ ।  शुक्रबार संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले बजेट प्रचारमुखी मात्रै भएकाले यसले जनताको जीवन रक्षा गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

‘सरकारकाकाे बजेट प्रचारमुखी मात्रै देखिन्छ । यसले जनताको समस्यालाई केन्द्रमा राख्न सकेको छैन । जनताको जीवनरक्षा गर्ने खालको छैन । हामी खर्चको कटौतीको प्रस्ताव गर्छौं’ बैठकपछि सञ्चारकमीर्सँग  प्रमुख सचेतक बालकृष्ण खाँडले  बताएका हुन । 

बजेटले कोरानाका कारण प्रभावित हुने क्षेत्रहरुको विषयमा संवेदनशीलता नदेखाएको उनले बताए । ‘कार्यान्वयन गर्न सक्ने अवस्था छैन । आम्दानी आठन्नी खर्च रुपैयाँ भन्ने उखान जस्तै बजेट छ । त्यसैले यसले मुलुकलाई डुबाउँछ, जनतालाई डुबाउँछ, उत्पादन, उद्योगधन्दा डुबाउँछ ।

यतापट्टि सरकारको सजगता देखिँदैन । कोरोनाको रोकथाम नियन्त्रणमा पनि सरकारले पर्याप्त रकम विनियोजन गरेन । ६ अर्ब १ लाख मान्छेको पीसीआर परीक्षण गर्नमै सकिन्छ ।’

पूर्वअर्थमन्त्री समेत रहेका कांग्रेस नेता रामशरण महतले बजेटले सरकारको प्रचार मात्रै गरेको बताए । भाषण मिठो भए पनि कार्यान्वयन क्षमता बजेटले नराख्ने उनले टिप्पणी गरे ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले बजेटमा अहिलेको प्राथमिकता समेटिन नसकेको बताए । अहिले नागरिकको जीवन रक्षा प्रमुख कुरा भएपनि सरकार त्यसमा गम्भीर नदेखिएको उनको भनाइ छ ।

अर्का नेता डा. मिनेन्द्र रिजालले कोरोना कहर जारी रहेका बेला सरकारले राखेको चालु खर्चको लक्ष्य पूरा भए पनि राजस्व वृद्धि, वैदेशिक ऋण तथा अनुदान आउन नसक्ने बताए ।

कांग्रेस संसदीय दलको बैठकमा सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल भएको हो । छलफलमा पार्टीबाट अर्थमन्त्री बनेको नेताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार