काठमाडौं, जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा आर्थिक वर्ष २०७६–७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै छन् ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैडकमा मन्त्री खतिवडाले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
आर्थिक सर्वेक्षण पेश भएको तेस्रो दिन अर्थात जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७–७८ को बजेट संसदमा प्रस्तुत हुनेछ । जेठ १५ मा बजेट ल्याउनु पर्ने व्यवस्था संविधानमा नै रहेको छ ।