काठमाडौं, वैशाख । प्रधानमन्त्री के पी शर्मा ओलीले शनिबार साँझ ९ः२० बजे भारतीय राजदूत विनयमोहन क्वात्रासँग भेट गरेका छन । ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईमार्फत सो भेटघाटको ब्यवस्था मिलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले सो भेट बिगत केही दिन यता नेपाल कम्युनिष्ट पाटीभित्रको बिबादका बिषयलाई लिएर कार्यकारी अध्यक्ष ‘प्रचण्ड’, बरिष्ड नेता माधवकुमार नेपाल, अर्का नेता बामदेव गौतमलगायतका नेताबीच पुनः भेटघाट तथा छलफल हुनथालेपछि भारतीय राजदूतसँग भेट गरेका हुन ।
कार्यकारी अध्यक्ष ‘प्रचण्ड’, बरिष्ड नेता माधवकुमार नेपाल, अर्का नेता बामदेव गौतमलगायतका नेताबीचका भेटघाट तथा छलफलमा केही भारतीयहरु प्नि सहभागी भएपछि प्रधानमन्त्री ओलीले भारतीय राजदूत क्वात्रासँगको भेटमा आफू पहिले पनि भारतीय पक्षमा रहेर काम गरेको र अहिले पनि रहेको जनाउँदै भारतीय प्रधानमन्त्रीसमक्ष यही सन्देश पु¥याईदिनोस र कालापानी क्षेत्र नेपालको भूभाग हो भनेर मिलाइदिनुपर्यो यसले मेरो इज्जत बच्छ, बरु पछि भारतलाइ ‘लिज’ दिने ब्यवस्था मिलाउछु भनेर सन्देश पु¥याउन अनुरोध गरेको स्रोतले बताएको छ ।
भारतीय राजदूत क्वात्रा साँझ ९ः०० बजे लाजिम्पाटबाट निस्किएर १०ः ४५ मा पुनः लाजिम्पाट छिरेका थिए । भारतीय दूतावासले भने यसलाई आधिकारीक पुष्टि भने गरेको छैन ।