२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसदमा प्रधानमन्त्रीको जवाफ:

जनताले बनाएको सरकार अरु देशले ढाल्ने कल्पना पनि नगरौँ : प्रधानमन्त्री ओली

नेपाल आफ्नो सार्वभौमसत्ता रक्षा गर्न सक्षम

मंगलवार , जेठ ६, २०७७

काठमाडाै, जेठ  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आफ्नो सार्वभौमसत्ता रक्षा गर्न सक्षम रहेको बताउनुभएको छ । नेपाल जस्तो बलियो देशका बीचमा रहेको देशले देखावटी राष्ट्रवाद या लम्पसारवादको बाटो समाउन नहुने उहाँको भनाइ छ ।

प्रतिनिधिसभामा बोल्दै उहाँले राणाशासनको समाप्तिलगत्तै पछाडिदेखि उत्तरतर्फको देशको सीमातर्फ अरु देशको सेना राख्ने, नेपालकै मन्त्रिपरिषद्को बैठकमा विदेशी नेता सामेल हुने लगाएका काम भएको उहाँको भनाइ छ । यस्ता काम घृणित भएको पनि बताउनुभयो ।  

भूगोलले देश साना ठूला भए पनि राष्ट्रियता सानो ठूलो नहुने प्रधानमन्त्रीले बताउनुभयो । जति सानो या ठूलो भूमि भए पनि सार्वभौमसत्ता त्यही देशकै ठूलो हुने, आफ्नो देशको बारेमा आफैँ निर्णय गर्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ । 

सत्ता पल्टाउने र ल्याउने विषयमा कुनै पनि देशको आर्शीवाद नरहेको, नागरिकले मत दिएर बनाएको सरकार भएकाले कुनै देशले ढाल्ने ढालिने कल्पना पनि नगर्न उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार