२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रतिनिधि सभाको बैठक

नीति तथा कार्यक्रम : "छलफल हुँदै, प्रधानमन्त्रीको जवाफ आज "

कोरोना संक्रमणका कारण स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता

सोमवार , जेठ ५, २०७७

काठमाडौं, जेठ । सरकारको नीति तथा कार्यक्रममा आज संसदमा छलफल सुरु हुँदै छ । छलफलका लागि आज संसद बैठक बस्दै छ ।  संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।


ADVERTISEMENT

images

नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिन छलफल गरेर मंगलबार प्रधानमन्त्रीले आज  जवाफ दिने कार्यक्रम छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।

कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नीति तथा कार्यक्रममाथिको छलफल छोट्याउने निर्णय शनिबारको कार्यव्यवस्था समितिको बैठकले गरेको थियो ।

नेकपा नेतृ रेखा शर्माले कोरोना भाइरस संक्रमणको जोखिम रहेकाले धेरै दिनसम्म बैठक बसिरहनु उपयुक्त नहुने भएकाले छलफल छोट्याउने निर्णय भएको जानकारी दिइन् ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको नामावली दलहरुले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरुलाई बोल्न दिने प्रचलन छ । अघिल्ला बैठकहरुमा बोल्न नपाएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।

नीति तथा कार्यक्रममाथिको छलफलमा पनि त्यस्तै हुन सक्ने अनुमान गरिएको छ । त्यसैले शनिबारको कार्यव्यवस्था समितिको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले सकेसम्म थोरै नाम उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार