२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

लकडाउन : "छैठौं पटक थपियो, जेठ २० सम्म लम्ब्याइयाे"

लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै

आइतवार , जेठ ४, २०७७

काठमाडौं, जेठ  । (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनलाई २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

गत सालको चैत ११ गतेदेखि लागू गरेको लकडाउन लगातार छैठौंपटक थपिएको हो । पछिल्लो पटक जेठ ५ गतेसम्म कायम गरिएको लकडाउन बढाउँदै आइतवार बसेको मन्त्रिपरिषद् बैठकले २० गतेसम्म पुर्‍याएको एक मन्त्रीले जानकारी दिए ।

आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सरकारलाई लक-डाउन थप गर्ने सुझाव दिएको थियो । सरकारले पहिलो पटक चैत ११–१८ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

कोरोना भाइरस संक्रमित बढ्दै गएपछि सरकारले पहिलोपटक चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्म, वैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म र वैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार