२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

आज बिहान ट्विट गर्दै भनेका

सरकारको प्रयासका बावजुद सुत्केरी महिलाको मृत्यूको खबरले दुःखी छुः प्रम ओली

शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त

आइतवार , जेठ ४, २०७७

काठमाडौं, जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमणबाट महिलाको शुक्रबार निधन भएकामा दुःख व्यक्त गरेका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बाबजुद सिन्धुपाञ्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ ।’

उनले मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदनासमेत व्यक्त गरेका छन् । नेपालमा पहिलो पटक सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसबाट शुक्रबार मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार