२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना कहर

समन्वय समिति बैठक बस्दै : "लकडाउन बढाउन र सरकारी बिदाबारे छलफल हुँदै"

लकडाउन : 'भोलि राति १२ बजेबाट सकिँदै'

शनिवार , जेठ ३, २०७७

काठमाडौं, जेठ ।  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ।

आज दिउँसो साढे २ बजेको लागि बैठक बोलाइएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकले लकडाउन थप गर्ने विषयमा निर्णय गर्ने छ। सरकारले थप गरेको लकडाउनको समय भोलि राति १२ बजेबाट सकिँदैछ।

बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन उपत्यकाभित्र छिर्ने नाकामा सेना परिचान, सरकारी कार्यालय १५ दिनको लागि बिदा दिने विषयमा पनि छलफल गर्नेछ। समितिले छलफलपछि निर्णय गरेका विषयहरु आज दिउँसो बस्ने मन्त्रिपरिषदमा पठाउँछ।

त्यसपछि लकडाउनको समय थप गर्ने तथा बिदाका निर्णयहरु हुनेछन्।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार