२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा स्थायी कमिटी बैठक स्थगित

बैठक बिबाद  : “प्रधानमन्त्रीको राजीनामा माग्ने ‘प्रचण्ड’ को योजना बिफल”

'बैठकमा राजीनामा माग्ने भित्रभित्रै तयारी थियो'

बुधवार , बैशाख ३१, २०७७

 

काठमाडौं, वैशाख । आज बिहान ११.०० बजे बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक पछिल्लो समयमा आएर स्थगित भएको छ । प्रधानमन्त्री ओलीको राजीनामा नमाग्ने शर्तमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आश्वस्त तुल्याएपछि स्थायी समिति बैठक बोलाइएको थियो ।
बैठकलाइ अध्यक्षद्धयले संबोधन गर्ने, बजेट र कालापानीका बिषयमा छलफल गरी भावी रणनीति तय गर्ने भन्ने सहमतिका गरी बोलाइएको थियो ।
बिरोधी पक्षका केही स्थायी समिति सदस्यले प्रमको राजीनामा माग्ने भित्रभित्रै रणनीतिको तयारी गरेको प्रधानमन्धी ओलीले थाहा पाएपछि बैठक स्थगित गरिएको एक स्थायी समिति सदस्यले बताए । नेकपा बैठक स्थगित भएपछि प्रधानमन्त्रीको राजीनामा माग्ने योजना बिफल भएको छ ।
आज बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि भनी स्थगित गरिएको नेकपा महासचिव विष्णु पौडेलले सञ्चारकर्मीलाई बताएका छन ।

पौडेलका अनुसार कोरोना सङ्क्रमणको त्रास बढेकाले बैठक स्थगित गरिएको जनाए । स्थायी कमिटिका सबै सदस्यको स्वास्थ्य परीक्षण नगरिएकाले पनि तत्काल बैठक बस्न नसकेको हो ।

सांसदहरुको कोरोना परीक्षण गरिए पनि स्थायी कमिटिका सबै सदस्य भने सांसद नरहेकाले केही स्थायी कमिटिका सदस्यहरुको परीक्षण नभएको नेकपाले जनाएको छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी छ ।
आमन्त्रितसमेत गरी ५१ जना पुग्छन । अग्नि सापकोटा सभामुख चयन भएकाले अहिले नेकपामा ५० जना मात्र स्थायी कमिटी सदस्य छन ।



प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार