२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी बैठक

नेकपा वैठक : "बुधबार बोलाइयाे स्थायी कमिटी वैठक"

वैठक : िबहान ११ बजे, पार्टी कार्यालय धुम्बाराही

मंगलवार , बैशाख ३०, २०७७

काठमाडौं, वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।

स्थायी कमिटी सदस्यहरुलाई बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट टेलिफोन र एसएमएस आएको ती नेताले बताए । एक स्थायी कमिटी सदस्यका अनुसार भोलि बैठक सुरु मात्र हुने र छलफल बजेटपछि मात्र हुन सक्ने सम्भावना छ ।

सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेकपामा विवाद चर्किएको थियो । त्यही बेला २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र लेखेर बैठक माग गरेका थिए । सचिवालयमा सहमति बनेसँगै २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाइएको पनि थियो ।

तर नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच असमझदारी बढेपछि अन्तिम समयमा आएर बैठक स्थगित भयो । त्यसयता बैठक बोलाउने विषयमा दुई नेताबीच पटकपटक छलफल भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार