२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कुटनैतिक पहल मार्फत गम्भीर बन्न सरकारलाई अपिल

नेविसंघ अध्यक्षसहित सयबढी पक्राउ, रिहा गर्न माग गर्दै काँग्रेसद्वारा भत्सर्ना

जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी

सोमवार , बैशाख २९, २०७७

काठमाडाैँ, बैशाख ।  लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रासद पौडेलका अनुसार नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।

काँग्रेसले तत्काल उनीहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्च स्तरिय कुटनैतिक पहल मार्फत गम्भीर बन्न सरकारलाई अपिल गरेको छ । प्रदर्शनका क्रममा नेविसंघ नेता कार्यकर्ताले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए । 

भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार