२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

लिपुलेक नेपालको अभिन्न भूमि

सरकारले भन्याे : "लिपुलेक नेपालको हो, भारतले मिचेर सडक निर्माण गर्नु अमान्य"

एकै पटक सडक उद्घाटनाको खबर आउनु दुःखद

आइतवार , बैशाख २८, २०७७

काठमाडाै, बैशाख । सरकारले लिपुलेक नेपालको अभिन्न भूमि भएको आफ्नो अडान पुनः दोहो-याएको छ । प्रतिनिधिसभाको आजको वैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले लिपुलेकमा दुई देशको हित विपरित हुने गरी सडक निर्माण सम्बन्धी अति जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दै लिपुलेक पूर्णरुपमा नेपालको भूमि भएको बताए ।

उनले भारतलाई नेपाली भूमि मिचेर सडक निर्माण नगर्न लिखित पत्राचार गरे पनि एकै पटक सडक उद्घाटनाको खबर आउनु दुःखद भएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सन १९१८ मा भएको सुगौली सन्धिले नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरेको उल्लेख गर्दै त्यसपछि नेपाल र भारतबीचको सीमा हेरफेर हुने गरी कुनै पनि सन्धि नभएको जानकारी पनि प्रतिनिधिसभाको वैठकलाई गराए ।

उनले कालीको मुहानलाई आधार मानेर सीमा निर्धारण भएको स्मरण गराउँदै त्यही आधारमा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक प्रष्टरुपमा नेपालको भएको उल्लेख गर्दै भारतलाई हिजो मात्र नेपाल सरकारको तर्फबाट आधिकारिक पत्र पठाएर सडक निर्माणका विषयमा गम्भीर आपत्ति जनाइएको जानकारी दिए ।

भारतले नेपालले बारम्बार पठाएको पत्रहरुको कुनै औपचारिक जवाफ नदिइ नेपाली भूमिको प्रयोेग गर्नु दुःखद भएको उल्लेख गर्दै देखिएको यस समस्यामा कुटनीतिक रुपबाट समाधान खोजिने धारणा राखे ।

उनले बिभिन्न दलहरुबाट यस बिषयमा देखाइएका चासोले राष्ट्रिय भावना जागृत गराएको बताउदै नेपालले आफ्नो भूमि कदापी नछाड्ने अडान पनि दोहो¥याए ।

प्रस्तावमाथि बिभिन्न दलका सांसदहरु आफ्नो धारणा राख्दै भारतको हेपाहा प्रवृति सजग हुन र कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार