काठमाडाै, बैशाख । राज्यव्यवस्था तथा सुशासन समितिले लिपुलेकमा भारतले बाटो खोलेको विषयलार्ई अन्तर्राष्ट्रियकरण गर्न सरकारलाई सुझाव दिएको छ ।
समितिको आइतबार बसेको बैठकले कूटनितिक पहलबाट नभए सो विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सुझाव दिएको हो । नेपाली भूमि लिपुलेक हुँदै भारतले चीनको मानसरोबर जाने बाटो खोलेकामा समितिले भर्त्सना पनि गरेको छ ।
समितिले नेपाल हुँदै चीन जोड्ने बाटो बनाउनु अतिक्रमणकारी नीति भएको पनि ठहर गरेको छ । सो विषयमा चीनसँग पनि कुरा गर्न समितिको सुझाव छ । बैठकमा सांसदहरूले लिपुलेकको विषय अन्तर्राष्ट्रियकरण गर्न माग गरेका थिए ।