काठमाडौं, बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद अति पेचिलो बन्दै गएको छ । बिबादका बिषयमा छलफल गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन ।
भेटमा अध्यक्ष दाहालले ओलीलाइ पार्टीका सदस्य साथीहरुले हुनत: स्थायी समिति बैठक तपाइँ आफैले बोलाउँदा नि हुन्छ भनेर दवाव दिइरहेका छन भनेर सोधेका थिए । जवाफमा अर्का अध्यक्ष ओलीले अहिले बजेट अधिबेशन भरि आवश्यक छैन भनेर जवाफ दिएको स्रोतले जनाएको छ ।
गत २४ गते यही बिबादबारे स्थायी समिति बैठक राख्ने र त्यसका लाग एजेण्गा तय गर्न सचिवालय बैठक बसेको थियो । बैठक एजेण्डा तय गर्न नसकेर सकिएको थियो ।
बैठकको बीचमा प्रचण्ड र उपप्रधानमन्त्रीबीच यही एजेण्डा तयकै बिषयमा बिबाद चर्कन थालेपछि प्रधानमन्त्री ओली आफू बिरामी भएको र आराम गर्न भनी बाहिरिएका थिए । र पछि प्रचण्ड ओलीलाई भेट्न गए । प्रचण्ड जाँदा ओल भिने आफ्नो समूहमा साथीहरुसँग छलफलमा रहेछन । र प्रचण्डले प्रधानमन्त्री ओलीलाई भने यता बैठकमा नै हुँनुहुँदो रहेछ उता बसेको भएनि हुने भनेर जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले प्रचण्डलाई अब बैठक आबश्यक छैन– “तपाइँ आफ्नो बाटो लाग्न सक्नुहुन्छ !” भनेर जबाफ दिएको स्रोतले बतायो ।
नेकपामा यी घट्नाहरु र वातावरण हेर्दा अब बिबाद यतिसम्म चुलियो कि नेपाल कम्युनिष्ट पार्टीहरुको इतिहासमा महाकाली सन्धिका बेलाको बिबादको अवस्थामा पुगेको नेकपा तथा राजनीतिक बिश्लेषकहरुले बताउन थालेका छन ।
अर्कातिर नेकपा अहिले माथिदेखि तलसम्म नै दुई चिरा हुनपुगेको छ । र प्रधानमन्त्री ओलीले आफ्नो पदको सुरक्षा गर्न पूर्व माओवादीलाइ एक्ल्याउनेदेखि नेपाल पक्ष फुटाउने र नयाँ मन्त्रिमण्डल बनाएर पेलेर जानेसम्मको रणनीति तय गरेर बसेका छन ।
यो बिबादमा शीर्ष नेताहरुबीच भएको पटक पटकको बार्ता, उनीहरुबीचको माग, अडान र वाह्य शक्तिको खुलम खुल्ला उपस्थितिले चर्को भएको आँकलन गरिँदैछ ।