काठमाडौं, वैशाख । पटक पटककाे ‘सचिवालय बैठकले एजेणडा तय नभएकाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का २० जना स्थायी कमिटी सदस्यले अाज छुट्टै बैठक गरी पार्टी नेतृत्वलाई एजेण्डा सुझाएका छन् ।
नेकपामा बिहीबार स्थायी कमिटी बैठक तय भएको थियो । तर एजेण्डा नभएको लगायतका कारण देखाएर अन्तिम समयमा आएर स्थगित भयो ।
उनका अनुसार पार्टी र सरकारको काम, कोरोना संकट, पार्टी एकताका बाँकी काम, विदेशमा रहेका नेपालीको समस्या र उद्दार लगायतका एजेण्डामा छलफल गर्न तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने नेताहरुको माग छ ।
अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि तत्काल बैठक राख्नुपर्नेमा आफूहरु एकमत रहेको बताए । २५ प्रतिशत सदस्यले माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्ने विधानको व्यवस्था रहेको बताए ।
उनले भने, ‘हामीले लिखित रुपमा यसअघि नै बुझाएका छौं । अब नेताहरुलाई भेटेर पनि सम्झाउँछौं ।’