काठमाडौं, बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज परेकाे २५६४औँ बुद्धजयन्तीका अवसरमा भावुक हुँदै लामाे शुभकामना सन्देश दिनुभएकाे छ ।
उनले यदि विश्वव्यापी काेराेना भाइरस महामारीकाे त्रासदी नआइलागेकाे भए आज नेपालका लागि महत्वपूर्ण दिन हुने थियाे भनी स्मरण गरेका छन । काेराेना त्रासदी नभएकाे भए आज हामी भव्य रूपले अन्तर्राष्ट्रिय बाैद्ध सम्मेलन आयाेजना गरिरहेका हुने थियाैँ भन्दै उनले खिन्नता प्रकट गरे ।
यस वेला नेपालमा भ्रमण वर्ष चलिरहेकाे हुने थियाे र लाखाैँ पर्यटक नेपाल भित्रिरहेका अनि अन्तर्राष्ट्रिय उडान निर्बाध चलिरहेका हुने थिए भन्दै उहाँले लकडाउन गर्नु बाध्यात्मक अवस्था रहेकाे बताएका छन ।
बुद्ध जयन्तीका अवसरमा उनले ‘विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता गाैतम बुद्धप्रति उच्च सम्मान’ व्यक्त गरेका छन । साथै उनले २५६४ औँ बुद्धजयन्तीका अवसरमा आज साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न समेत आग्रह गरेका छन ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी विरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति सम्मान दर्शानउ र काेराेना सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभकाे कामना र शान्तिकाे कामना गर्दै आ-आफ्ना घरघरमा र बुद्ध स्थलहरूमा साँझ एकैसाथ दीप प्रज्वलन गर्न आग्रह गरेका छन ।