काठमाडाै, बैशाख । सरकारले भोलि बिहीबार बेलुका घरघरमा दीप प्रज्वलन गर्न आग्रह गरेको छ ।
कोरोनाभाइरस देखिएका व्यक्तिहरुको उपचारमा खटिएको चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्मानमा घरघरमा दीप प्रज्वलन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार भोलि बेलुका घरघरमा दीप प्रज्वलन गर्न सरकारले आग्रह गरेको हो ।