२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

उच्चस्तरीय समन्वय समिति बैठक

लकडाउन यथावत राख्न सुझाव : "काठमाडौं भित्रनेलाई थप कडाइ"

‘अहिलेको अवस्थालाई निरन्तरता दिने' भन्ने निर्णय

मंगलवार , बैशाख २३, २०७७

काठमाडौं,  वैशाख । उच्चस्तरीय समितिले जारी लकडाउनलाई यथावत राख्न सरकारलाई सुझाव दिएको छ। समितिले लकडाउनको अवधि र मोडालिटी मन्त्रिपरिषदबाट पारित हुने गरी राय दिएको छ।

समितिको बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीले अहिलेको अवस्थालाई निरन्तरता दिने निर्णय भएको बताए। उनले भने, ‘अहिलेको अवस्थालाई निरन्तरता दिने भन्ने भएको छ। कति दिन थप गर्ने भन्ने निर्णय मन्त्रिपरिषदले गर्नेछ।’

प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित रहेको बैठकले काठमाडौं प्रवेशमा पनि कडाइ गर्ने सुझाव दिएको छ। तर एक मन्त्रीले अवधि जेठ १० गतेसम्म जाने बताए। बुधबार बढीमा १० दिनको अवधि थप गर्ने तयारी रहेको ती मन्त्रीको भनाई थियो। बुधबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक तय भएको छ।

समितिले कोरोना जोखिम न्यूनीकरणका लागि सरकारले अपनाएका कदम सही भएको निष्कर्ष पनि निकालेको छ।

यस्तै, बैठकले कोरोना जोखिमलाई हेरेर मुलुकलाई रातो, पहेँलो र हरियो सूचीमा राख्न पनि सिफारिस गरेको छ। सो अनुसार अत्यावश्यक र अन्य पेसा व्यवसाय सञ्चालनसम्बन्धी निर्णय हुनेछ। हिँडडुल आवातजावात भने सबै क्षेत्रमा बन्द हुनेछ।

चैत ११ गतेबाट लकडाउन जारी छ। लकडाउनको स्वरुप परिवर्तनबारे पनि मन्त्रिपरिषदबाट थप निर्णय हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार