२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाल - भारत दशगजा क्षेत्र

भारतबाट नेपाली ‘लखेटिए : " २१ नेपालीलाई नरैनापुर क्वारेन्टाइनमा राखियो "

दशगजामा अलपत्र परेका २१ नेपालीकाे उद्धार

सोमवार , बैशाख २२, २०७७


नेपालगञ्ज, बैशाख । लकडाउनकै समयमा गत शनिवार भारतबाट ‘लखेटिए’ पछि बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित दशगजामा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले उनीहरुलाई भारतनै फर्काउनुपर्ने अडान राखेको तर उनीहरुले भारत नजाने अडान राखेका कारण दुई दिनदेखि  दशगजा मै अलपत्र परेका थिए ।

गाेरखापत्रका सिराज खान लेख्छन, भारतका विभिन्न स्थानमा काम गर्न गएका ती सबै नेपाली नागरिक भएकोले उनीहरुले भारत फर्कन नमानेपछि अन्ततः उनीहरुलाई दशगजामै सशस्त्र प्रहरीले बनाएको ९ वटा टेन्टमा क्यारेन्टाइनका रुपमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।
भारतको श्रावस्ती क्वारेन्टाइनमा रहेका ती नेपालीलाई भारतीय प्रहरीले कुटपिट गरेर धपाएकोले उनिहरु नेपाल प्रवेश गरेको जानकारी उनीहरुले दिएको अध्यक्ष शाहले बताए । सशस्त्र प्रहरीद्वारा बनाईएका अस्थायी क्वारेन्टाइनमा राखिएका उनीहरुको खानपिन र अन्य सबै व्यवस्थापन गाउँपालिकाले गर्ने नरैनापुर गाउँपालिकाले जनाएको छ ।
भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका उनीहरु शनिवार राती लकडाउनकै बीच नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् ।
नरैनापुर गाउँपालिकाको ३ वटा क्वारेन्टाइनमा अहिले ४४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले बताए । उपप्रमुख साहका अनुसार दशगजा क्वारेन्टाइनमा २१, नेरा प्रावि खादवाँमा १४ र आदर्श मावि लक्ष्मणपुरमा ९ जना रहेका छन् ।
दसगजामा अलपत्र परेका नेपालीलाई नेपालमा प्रवेश दिएर उनीहरुको व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) लगायतका अधिकारकर्मी संस्थाहरुले आग्रह गरेका थिए ।
ती संस्थाहरुले सर्वोच्च अदालतले गरेको आदेशको पालना गर्न प्रशासनसंग आग्रह गर्दै पालना नभएमा अदलातको ढोका फेरि ढकढकाउने चेतावनी समेत दिएको मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का संयोजक आलम खानले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार