२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्र बिबाद : सचिवालय बैठक आज

ओली हट्दैनन् : “यसरी गर्दैछन आफ्नो पदको सुरक्षा”

रणनीति : 'माओवादी एक्ल्याउनेदेखि नेपाल समूह फुटाउने, आजै नै नयाँ मन्त्रीमण्डल बन्ने संभावनासम्म !'

शनिवार , बैशाख २०, २०७७

 

काठमाडौं, बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद अति पेचिलो बन्दै गएको छ । बिबाद यतिसम्म चुलियो कि नेपाल कम्युनिष्ट पार्टीहरुको इतिहासमा महाकाली सन्धिका बेलाको बिबादको अवस्थामा पुगेको नेकपा तथा राजनीतिक बिश्लेषकहरुले बताउन थालेका छन । र प्रधानमन्त्री ओलीलेआफ्नो पदको सुरक्षा गर्न पूर्व माओवादीलाइ एक्ल्याउनेदेखि नेपाल पक्ष फुटाउने र नयाँ मन्त्रिमण्डल बनाएर पेलेर जानेसम्मको रणनीति तय गरेर बसेका छन ।
यो बिबादमा शीर्ष नेताहरुबीच भएको पटक पटकको बार्ता, उनीहरुबीचको माग, अडान र वाह्य शक्तिको खुलम खुल्ला उपस्थितिले चर्को भएको आँकलन गरिँदैछ ।
आज हुने सचिवालय बैठकले के गर्छ त ? यसको निर्धारण दाहाल –नेपाल पक्षको माग र क्षमतामा भर पर्ने भएको प्रधानमन्त्री ओली निकट बिश्लेषक बताउँछन । बिरोधी पक्षले जतिसुकै दवाव दिए पनि राजीनामा दिने पक्षमा भने ओली छैनन्
आफू सुरक्षित रहन के – के गर्दैछन त प्रधानमन्त्री ओली ?
प्रधानमन्त्री ओलीले बैठक केही गरी टार्न भने खोज्दैछन । त्यसमा टार्न नसके र ठूला प्रेशर आए विभिन्न बिकल्प तयार गरेर बसेका छन । यस्ता बिकल्पमा को कसरी प्रस्तूत हुन्छ त्यसैका आधारमा निर्णय लिदैँछन ।
प्रधानमन्त्री ओलीका बिकल्प भनेको पूर्व माओबादीलाइ एक्ल्याउने, माधवकुमार नेपाल पक्ष फुटाउने र मन्त्रीमण्डल आजै नयाँ बनाउने सम्मका बिकल्प तयार पारेर बसेका छन । यदी गृहमन्त्री बादलले साथ दिए ओली सिधै बहुमतमा पर्छन केही निर्णय हुनसक्ने अवस्था नै रहँदैन । र, बादलले साथ नदिए पूर्व माओबादीलाई हटाएर नयाँ मन्त्रीमण्डल बनाउने र त्यसमा माधवकुमार नेपालको गुट फुटाएर ल्याएर बमादेव, झलनाथ र माधव गुटका लिएर मन्त्रीमण्डल बनाएर पेलेर जाने रणनीतिमा पुगेका छन । यस अन्तर्गत भीम रावल उपप्रधानमन्त्री हुनसक्ने बलियो संभावना छ ।
यसैबीच, प्रधानमन्त्री केपी ओलीले आफूलाइ टिकाइराख्न नेकपाका कतिपय नेताहरुको विश्लेषण अनुसार प्रधानमन्त्री ओलीको षडयन्त्र, जालझेल, धम्की र प्रलोभनको राजनीति यति धेरै भइसकेको छ कि अब यही तरिकाले उनले माधव नेपाल, वामदेव गौतम र प्रचण्डहरुलाई फकाउन वा गलाउनसक्ने स्थिति देखिँदैन भनने एकथरि बिश्लेषण पनि गर्छन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार