काठमाडौं, वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभिको बिबाद अहिले चरमोत्कर्षमा पुगेको छ । बिबाद चुलिएपछि आ–आफ्नो गुट बलियो बनाउन दुबै पक्षको कसरत जारी छ । यस खेल अन्तर्गत प्रधानमन्त्री ओलीलाई हटाउन हिजो नेपाल निबास कोटेश्वरमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १३ जना स्थायी समिति सदस्य बसेर प्रस्ताव तयार पारेका छन ।
आजको सचिवालय बैठकमा राख्ने सर्वसम्मत प्रस्ताव तयार पारेका छन । अपरान्ह ३ः०० देखि ५ः०० बजेसम्म बसेको बैठकले प्रधानमन्त्री ओलीले बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ओलीले आज राजीनामा दिनुपर्ने कामचलाउ प्रधानमन्त्रीका रुपमा रहनुपर्ने र आगामी दुई महिनाभित्र निर्बाचनबाट ल्याएर प्रधानमन्त्री बनाउन लिखित निर्णय गर्नुपर्ने पस्ता तयार गरेको स्रोतले बताएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र बिबाद चुलिएपछि आआफ्नो गुट बलियो बनाउन दुबै पक्षको कसरत जारी छ । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली ‘ब्याक’ भएपछि सचिवालय बैठक बोलाउने र त्यसमा आफ्नो पकड कसरी बलियो बनाउने भन्नेमा अहिले कसरत जारी छ ।