२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाभित्रको बिबाद चुलिँदै

प्रधानमन्त्री ओली : “बिरोधी तह लगाउन संबैधानिक निकाय परिचालनको तयारी ?”

अडान कायम नै, ओलीको तयारी के – के छ त ?

शनिवार , बैशाख २०, २०७७

 

काठमाडौं, बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै गएपछि दुबै पक्षका नेताहरु आ–आफ्नो पक्ष बलियो बनाउन रस्साकस्सीमा लागेका छन । आज बस्ने सचिवालय बैठक बस्ने भएपछि प्रधानमन्त्री ओली कुनै पनि हालतमा राजीनामा नदिने पक्षमा छन । यसैबीच, आफ्नोबिरुद्ध लाग्ने नेताय तह लगाउने उपायहरको खोजीमा रहेका ओलीले हिजो बेलुकी ९ः०० बजे अख्तियार प्रमुख नवीन घिमिरेसँग भेटघाट गरेका छन ।
सरकारमाथि अविश्वास आएको र आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग आएका बेला संबैधानिक निकायका प्रमुखहरुलाई भेटेर आफ्नो प्रभावमा लिन खोज्नु भनेको आफ्नो अनुकुल उपयोग गर्न खोज्नु ने हो भन्न सकिन्छ । नत्र सरकार र संबैधानिक निकायबीच अन्य कुने किसिमको सरोकार राख्दैन ।
स्रोतका अनुसार, आज सचिवालय बैेठकमा आफूमाथि राजीनामा दिनैपर्ने दवाव आए प्रचण्डबिरुद्ध अख्तियारमा रहेको तत्कालीन युबा संङका अध्यक्ष महेश बस्नेतले हालेको लडाकू शिविरमा भएको अनियमितता छानविनको फायल अगाडि बढाउने र प्रचण्डलाई जेल पठाउने खेल रहेको जनाइएको छ भने माधवकुमार नेपालले आफ्नो अडान यथावत राखे ललिता जग्गा प्रकरणमा पुरक मुद्धा हाल्ने तयारी गरिएको छ ।
यही तयारी अनुरुप यसअघि नै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटिसकेका छन । नत्र सामान्यतया प्रधानमन्त्रीले संबैधानिक निकायका प्रमुखहरुलाई प्रधानमन्त्रीले भेटिरहनुपर्ने आवश्यक्ता रहँदैन । संबैधानिक ब्यबस्था अनुसार सामान्यतया अख्तियार प्रमुखले  राषटपतिलाइ  उनीहरुको बार्षिक प्रतिवेदन बुझाउने बेलामा  बाहेक अरू बेला कुनै कायर्कारीलाइ  भेट्न अावश्यक छैन ।
सामान्यतया भेटघाट गर्दा कार्यालय समय नै हो । रातको समयमा संबैधानिक निकायका प्रमुखहरुलाई भेट्नु भनेको अस्वाभाविक ने मानिन्छ । यसले गर्दा राज्य सञ्चालनमा शक्ति सन्तुलनका मूलभुत मान्यता नै मरेका छन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार