२०८३, कार्तिक १९ गते

बुधवार, कार्तिक १९ गते २०८३

गृह मन्त्रालयको निर्देशन

" सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम र पोशाक भएका संस्था दर्ता नगर्नु "

बुधवार , आश्विन ७, २०८३

 

काठमाडौं, असोज ।

गृह मन्त्रालयले सुरक्षा निकायको नाम र पोशाकसँग मिल्दोजुल्दो संस्था दर्ता नगराउन निर्देशन दिएको छ। मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षा निकायसँग मिल्दोजुल्दो नाम, पोशाक, संकेत, चिह्न वा कार्यशैली भएका संस्था दर्ता नगर्न र नगराउन निर्देशन दिएको हो।

मन्त्रालयले यसअघि पनि २०८३ वैशाख १८ र साउन १५ गते पठाएका पत्रको स्मरण गराउँदै त्यस्ता संस्थाको विधानमा आवश्यक परिमार्जन तथा संशोधन भएरनभएको जानकारी माग गरेको छ।

मन्त्रालयले सुरक्षा निकायसँग मिल्दोजुल्दो व्यवस्था भएका संस्थाको नवीकरण गर्दा विधानमा आवश्यक संशोधन गरिएको भए सोको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।

त्यस्तै यसअघि त्यस्ता प्रावधान राखेर दर्ता भएका संस्थाको हकमा प्रचलित कानुनबमोजिमका सबै प्रक्रिया पूरा गरी यथाशीघ्र विधान परिमार्जन तथा संशोधन गर्न निर्देशन दिएको छ। संशोधन गरिएको विवरणसमेत मन्त्रालयमा उपलब्ध गराउन भनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार