काठमाडौं, वैशाख। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले राष्ट्रिय मानव अधिकार आयोगमा आफूलाई ‘अपहरण’ गरेको भन्दै नेकपा सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध उजुरी दिएका छन् ।
बुधबार आयोग कार्यालय पुगेका डा. यादवले सदस्य प्रकाश वस्ती र मोहन अन्सारीसँग भेट गरी उजुरी पत्र दिएका हुन् । उजुरी पत्र बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले उजुरीकर्ताले भनेजस्तो अपहरण भएको हो कि होइन भन्नेबारे अनुसन्धान गर्ने बताए
त्यसपछि साँझ मेरियट होटलमा बास बसेका डा. यादवले भोलिपल्टदेखि आफूलाई अपहरण शैलीमा काठमाडौं ल्याएको बताउँदै आएका छन् ।
उनीसहित जनता समाजवादी पार्टीका नेताहरू ‘अपहरण’ को उजुरी दिन महानगरीय प्रहरी परिसर काठमाडौं र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पुगे । तर दुवै निकायले डा. यादवको उजुरी लिन अस्वीकार गरेका थिए ।