२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक

नेकपा : "सचिवालय बैठक सकियो, अर्को बैठक २० गते"

'पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय भएन' : प्रवक्ता श्रेष्ठ

बुधवार , बैशाख १७, २०७७

काठमाडौं,  वैशाख। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैठक भर्खरै सकिएको छ । बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन सकेन ।

र, २० गते अर्को बैठक बोलाइएको छ । यो बैठकले स्थायी कमिटी बैठक मागबारे निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकपछि उनले भनेका छन्, आज हाम्रो पार्टीको सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकता सुदृढीकरणको महत्व, सरकार र केही कमरेडहरुले माग गर्नु भएको स्थायी कमिटी बैठक र यससँग जेडिएका विविध पक्षबारे गम्भीर विचार विमर्श भयो र, छलफल जारी छ ।’

उनले अघि भनेका छन्, ‘यसबीचमा पार्टीको नेतृत्व टिमले अनौपचारिक गृहकार्य अगाडि बढाउँदै यही २० गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ ।

सचिवालयको बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतासँग मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडि बढाउने सन्दर्भमा उपयुक्त निर्णय लिनेछ ।

र, आवश्यक प्रस्तावहरु तयार गर्नेछ । त्यही बैठकले नै माग भइआएको स्थायी कमिटीको बैठक बारेमा पनि आवश्यक निर्णय गर्नेछ ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार