काठमाडौँ, साउन ।
सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
बिहीबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल 'गनेस' ले सो प्रस्ताव पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।