२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री - सुदूरपश्चिमका सांसद भेट

समसामयिक राजनीति र प्रदेश विकासबारे छलफल

मंगलवार , श्रावण १९, २०८३

 

काठमाडौँ, साउन ।

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग छलफल गरेका छन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको छलफलमा समसामयिक राजनीति र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको छलफलमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र सिंह महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार