२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रतिनिधिसभा बैठक

दुई विधेयक : ' छलफलका लागि समितिमा पठाउने '

मंगलवार , आषाढ ३०, २०८३

 

काठमाडौँ, असार ।

प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलेले प्रस्तुत गरेकाे उक्त प्रस्तावहरू बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

उनले प्रस्तुत गरेका नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ र राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत गरिएको हो ।

यसअघि बैठकमा मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१-८२ का न्याय परिषद्को वार्षिक प्रतिवेदन, न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन र लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन पेस गरेकी थिईन ।

त्यस्तै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक असार ३१ गते बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार