२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओली - प्रचण्ड भेटवार्ता

दुई नेताबीच पार्टीको बैठक बोलाउने विषयमा छलफल

सचिवालय बैठक बस्ने नबस्ने अन्यौल

मंगलवार , बैशाख १६, २०७७

काठमाडौं,  वैशाख । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

भेटका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् । ‘अहिले कुराकानी चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले  बताए । दुई नेताबीच पार्टीको बैठक बोलाउन विषयमा छलफल हुने बताइएको छ ।

नेकपामा मंगलबार सचिवालय बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने नबस्ने अन्यौल कायमै छ । अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेताहरु बैठक बोलाउने पक्षमा छन् तर प्रधानमन्त्री ओलीले बैठक टार्न खोजेको नेताहरुको आरोप छ ।

यस्तै स्थायी कमिटीका २० नेताले लिखित रुपमा नै स्थायी कमिटी बैठक बोलाउन माग गरेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार