२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कोरोना भाइरसकाे महामारी

काेराेनाले अर्थतन्त्रमा प्रभाव : "कांग्रेस - अर्थविद् छलफल गर्ने"

छलपफल सानेपामा दिउँसो २ बजेपछि बस्ने

मंगलवार , बैशाख १६, २०७७

काठमाडौं, वैशाख । काेरोना भाइरस (काेभिड १९) को सङ्क्रमणले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा नेपाली कांग्रेसले अर्थविद्सँग छलफल गर्ने भएको छ ।

कोरोना भाइरसपछिको अर्थतन्त्र र सरकारले चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्न मङ्गलबार अर्थशास्त्रीहरुको बैठक डाकिएको कांग्रेसले जनाएको छ । बैठकमा पूर्वअर्थमन्त्रीहरु डाक्टर रामशरण महत, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित हुनेछन् ।  

साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डाक्टर शङ्कर शर्मा, डाक्टर स्वर्णीम वाग्ले, डाक्टर गोविन्द पोखरेल, डाक्टर जगदीशचन्द्र पोखरेललगायत अर्थशास्त्रीलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्नेछ । कांग्रेसले केही दिनअघि पूर्वस्वास्थ्यमन्त्री तथा जनस्वास्थ्यविद्सँग छलफल गरी कोरोनाको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सुझावका बारेमा सरकारलाई अवगत गराएकाे थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार