काठमाडौं, वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र बिबाद चुलिएपछि आआफ्नो गुट बलियो बनाउन दुबै पक्षको कसरत जारी छ । अध्यादेश प्रकरण र समाजवादी पार्टी फोर्ने असफल षड्यन्त्रबाट प्रधानमन्त्री केपी शर्मा ओली ‘ब्याक’ भएपछि सचिवालय बैठक बोलाउने र त्यसमा आफ्नो पकड कसरी बलियो बनाउने भन्नेमा अहिले कसरत जारी छ ।
यही क्रममा हिजो सोमबार ओली र माधवकुमार नेपाल पक्षको छलफल सकियो । सो छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन । र, आज सचिवालय बैठक बस्दैछ ।
दुबै पक्ष के के गर्दैछन त ?
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए । र यससँगै प्रचण्ड, झलनाथ खनाल र बामदेबले पनि बेग्लै छलफल गरेका छन ।
अहिले माधवकुमार नेपाल र वामदेव गौतम जस्ता शीर्ष नेताहरुसँग सघन छलफलमा जुटेका छन । यो छलफल कोरोना महामारीबाट देशलाई कसरी जोगाउने भन्ने चिन्तामा केन्द्रित भने होइन । अहिले सत्तारुढ दलका नेतामा आफ्नो कुर्सी कसरी जोगाउने वा कसर िहटाउने भन्ने चिन्ताबाट बढी निर्देशित देखिन्छ ।
दुबै पक्षको आ आफ्नो तयारीमा ?
बेमौसममा अर्काको पार्टी फुटाउनका लागि प्रधानमन्त्रीकै निर्देशनमा सांसदको ‘अपहरण’ गरिएपछि ओली सरकार राष्ट्रिय बेइज्यतीको शिकार बनेको छ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई जबरजस्ती काठमाडौं ल्याइएको खुलासा भइसक्दा पनि प्रधानमन्त्रीले यसको जवाफ जनतालाई दिन सकेनन् । अन्तत : आफ्नै दलका हटाउन लागे ।
दुबैतर्फको आश माधवकुमार नेपाल :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षमा गएर अडकिएको छ । प्रधानमन्त्री आलीले नेपालसँग पटक पटक छलफल गरेका छन । प्रधानमन्त्री आली नेपाललाई पार्टीको कार्यकारी अध्यक्ष दिने र आफू प्रधानमन्त्री बन्ने भन्नेमा देखिएका छन । तर नेपाल पक्ष भने ओलीले पटक पटक धोका दिएको र यसमा पनि भर गर्नसक्ने अवस्था नभएको छलफलमा सहभागी एक नेताले भने ।
अर्कातिर प्रचण्ड पक्षले पनि नेपालको साथ पाए मात्र सफल हुने भएकाले धोका दिने हुन कि भनेर ससंकित छन । जुन आजको सचिवालय बैठक बोलाउने र निष्कर्षमा नेताहरू पुगेका छन ।
प्रधानमन्त्री ओलीको तयारी कस्तो छ र हिजो के के गरे ?
ओलीले नेपाल पक्षसँग वार्ता निष्कर्षमा नपुगेपछि सोमबार के गर्ने भनेर आफ्नो तयारीमा जुटे । उनले सोमबार साँझ नै तीनवटा पक्षसँग भेटघाट गरेका छन ।
पहिलो पक्ष :
बेलुका दक्षिणतर्फका केही नेपालको राजनीतिमा चासो राख्ने र चलखेलमा सक्रिय केही ब्यक्तिलाई भेटे । उनीहरुसँग दल र सरकारको अवस्था बारे छलफल भएको जनाए । र, छलफलमा प्रधानमन्त्रीले उनीहरुका कुरा मात्र सुनेको र आफू केही नबोलेको बालुवाटार स्रोतले जनाएको छ ।
दोस्रो पक्ष :
त्यसपछि लगत्तै प्रधानमन्त्री ओलीले चिनियाँ राजदूत र राज्य प्रमुखलाई भेटेर आफृना कुरा राखेका जनाइएको छ । प्रम ओलीले चिनियाँ पक्षसँग नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र सरकारको अवस्थाको बारेमा कुरा राखेको जनाइएको छ ।
र, चिनियाँ पक्षसँग आफु सरकार नछोड्ने र देशमा स्थायी र भरपर्दो शक्ति आबश्यक भएको जनाएको छ । सचिवालय बेठकले जे निर्णय गरे पनि उनले आफ्नो अडान भने नछोड्ने बताएका छन । प्रम ओलीले देशलाई स्थिरता दिनुपर्ने र आफू त्यसका लागि लड्ने बताएको स्रोतमो भनाइ छ । उनले आफूमाथि जनताले बिश्वास गरेको त्यो मर्न नदिइने धारणा राखेको जनाइएको छ । यसमा आफूलाइ साथ दिन पनि आग्रह गरेको जनाइएको छ ।
तेस्रो पक्ष :
यसैबीच, प्रधानमन्त्री ओलीले राती करिव ११ ः ३० बजेतिर प्रधान न्यायधीश चोलेन्द्रशमसेर राणासँग करिव डेढघण्टा छलफल गरेका छन । प्रधानमन्त्री ओलीले अहिलेको परिस्थिति र कानुनी अवस्थाका बारेमा जानकारी लिइएको र कुन अवस्थामा के गर्नसकिन्छ र कसरी जाँदा उपयुक्त कानुनी बाटाहरुका बारेमा जनाकारी लिएको बताइएको छ ।
यस अर्थमा सचिवालय बैठकपछि आएको निर्णयका आधारमा कसरी अगाडि बढ्ने रणननीतिको तयारीमा बसेको देखिन्छ ।