२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली र नेपाल समूह भेटवार्ता

ओली - नेपाल समूहको बैठक सम्पन्न : " मन माझामाझ भयाे "

मंगलबार : सचिवालय बैठक बोलाउने निष्कर्ष

सोमवार , बैशाख १५, २०७७

काठमाडौं,  वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निष्कर्षमा नेताहरू पुगेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । लगतै दुई पक्षका नेताहरू कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका थिए । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए ।

बैठकमा मन माझामाझ भएको नेताहरूले बताएका छन् । नेपाल समूहका एक नेताले भने, ‘हामीले स्थायी कमिटीको बैठक राखौँ, त्यही छलफल गरौँला भनेका छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार