२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली - नेपालबीच समझदारी प्रयास

बालुवाटारमा ओली–नेपाल छलफल : "कोटेश्वरमा दुवै टोलीबीच वार्ता"

नेपाल पक्षले एक व्यक्ति एक पदको अवधारणाकाे माग, तल देखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने

सोमवार , बैशाख १५, २०७७

काठमाडौं,  वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र माधवकुमार नेपालबीच समझदारी गराउने प्रयास जारी छ । दुवै पक्षका नेताबीच शक्ति बाँडफाँटको छलफल हुनुअघि प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालबीच सोमबार पुनः छलफल भएको छ ।

ओली र नेपालबीच एक्ला एक्लै कुराकानी पछि दुवै तर्फका नेता संवादमा जुटेका छन् । ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

नेपाल पक्षका स्थायी कमिटीको आइतवारको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बटमलाइन बनाउने जिम्मा नेपाललाई नै दिएको थियो । सोही बमोजिम नेपाल बालुवाटार पुगेका हुन् ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यस्तै एक व्यक्ति एक पदको अवधारणा अनुसार तल देखिकै जिम्मेवारीमा हेरफेर हुनुपर्ने मागसमेत नेपाल पक्षले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार