२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विधेयक अधिनायकवादउन्मुख

अध्यादेश : फिर्ता गर्न माग , देशैभर विरोध प्रदर्शन

दुई अध्यादेश फिर्ता गर्न माग

शुक्रवार , बैशाख १२, २०७७

काठमाडौं, वैशाख । सरकारले ल्याएका दुई अध्यादेश फिर्ता गर्न माग गदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शुक्रबार विरोध प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित देशैभर पाँच/पाँचजना जम्मा भएर विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

कोरोना महामारी रोकथाम गर्नु पर्ने बेलामा देशमा अस्थिरता ल्याउन अधिनायकवादउन्मुख भएर विधेयक ल्याइएकोले विरोध प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।

सरकारले तत्काल तत्काल अध्यादेश फिर्ता नगरे देशैभर आन्दोलनलाई निरन्तरता दिने महामन्त्री भट्टराईले जानकारी ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार