२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अध्यादेश फिर्ता लिन दबाब

प्रधानमन्त्रीले बोलाए बैठक : " एजेण्डाबारे थाह भएको छैन"

मन्त्रिपरिषद् बैठक : "११ बजे "

बिहिवार , बैशाख ११, २०७७

काठमाडाै, बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बाेलाएका छन्। ‘अहिले ११ बजे मन्त्रिपरिषद् बैठक राखिएको जानकारी आएको छ। एजेण्डाबारे विस्तृत थाह भएको छैन,’ एक मन्त्रीले बताए।

गत सोमबारको मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेशकाे सत्तारुढ पार्टी नेकपा भित्रै र बाहिर समेत चर्को विरोध भई फिर्ता लिन दबाब परिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

बिहीबार नेकपाका ६ शीर्ष नेताहरु भेला भई प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिन सुझाव दिएका थिए। फिर्ता नलिए साे विषय पार्टीकाे स्थायी समितिमा छलफलकाे मुद्दाा बनाउने बताएका थिए।

बिहीबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागी प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार