२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

सभापति थापाले भने : 'उम्मेद्वार चयनमा समय भएन, केही कमजोरी भयो '

एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन '

शुक्रवार , माघ ९, २०८२

 

काठमाडौँ, माघ । कांग्रेस सभापति गगनकुमार थापाले उम्मेदवार चयनमा केही कमजोरी भएको भन्दै आगामी दिनमा यस्तो नहुने दाबी गरेका छन् ।

केन्द्रीय कार्यसमिति बैठकपछि पत्रकारसँग कुरा गर्दै थापाले माघ ४ गते उम्मेदवार छान्न थाल्नु र ६ गते दर्ता गर्नुपर्ने दबाबका कारण केही कमजोरी भएको स्वीकार्दै त्यसको जिम्मेवारी आफूले लिने बताए ।

विशेष महाधिवेशनमा पेस गरेको दस्ताबेज अनुसार उम्मेदवार चयन गर्न सकिएन । अर्को पटकदेखि तलै मतदान गरेर चयन गरिने छ, थापाले भने, माघ ४ गते उम्मेदवार छान्न सुरु गरेर ६ गते दर्ता गर्नुपर्ने अवस्था भएकाले चाहेर पनि उम्मेदवारी छनोटमा समावेशी र सन्तुलन मिलाउन सकिएन ।

उनले पार्टीका आकांक्षीहरुसँग सल्लाह नगरी गर्नुपर्ने बाध्यतामा परेकाले कमजोरी भएको बताए । व्यक्तिगत र संस्थागत रुपमा यसलाई सच्याउने उनले प्रतिबद्धता जनाएका छन् ।

'भएका कमजोरीमाथि फेरि पनि छलफल गर्न सकिन्छ, अब एकजुट भएर निर्वाचनमा जानुको विकल्प छैन, ' उनले भने । उनले २०७९ सालमा २७ लाखले मतदान गरेको भन्दै यसपटक अनुकूल परिस्थिति पनि भएको दाबी गरे ।

विगतमा कांग्रेस भएर रुखमा मात्र मत माग्न आउनु भनी मतदाताले भनेकाले यसपटक १६५ क्षेत्रमै रुखमा मात्र मतदान गर्न पाउने बताए । कांग्रेसलाई आफूहरुले बदलेको भन्दै सभापति थापाले हिजोको कांग्रेसभन्दा अब फरक भएको दावी गरे ।

' पुरानो सबै खराब भन्ने होइन तर सुधार हुनुपर्ने कुराको सुरुवात भएको छ,' उनले भने । हामी सहजै रुपमा यहाँ आएका होइनौं । अहिलेको अवस्था सजिलो छैन । २४ घन्टाभन्दा कम समयमा निर्णय गर्नुपरेको कुरा सबै पार्टीका नेता र कार्यकर्ताले बुझेर एकजुट हुनुको विकल्प छैन, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार